मेलम्चीकाे पानी सुरुङमा पठाउन सुरु, वैशाख पहिलाे हप्तादेखि वितरण

 चैत २९, २०७८ मंगलबार १४:२७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

खानेपानीमन्त्री मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण कार्यको उद्घाटन गर्दै, तस्बिर : रासस

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज मङ्गलवार बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभएको हो । दुई सय ६५ लिटर प्रतिसेकेन्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले जनाएको छ ।

गएको असार १ गतेको बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्चीको पानी फेरि काठमाण्डाै ल्याउन सकिन्छ कि सकिँदैन भन्ने अन्योल थियो । तर अब सुरुङमा पानी भर्न सुरु भएसँगै मेलम्चीकाे पानी काठमाण्डाै आउने भएकाे छ । चैतसम्ममा काठमाण्डाैवासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ ।

टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले वैशाखको दोस्रो हप्तादेखि मात्रै काठमाण्डौवासीले पानी खान पाउने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

गएको वर्ष चैत १७ गतेदेखि काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर काठमाण्डौ १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चिको पानी वितरण प्रक्रिया राेकिएकाे थियाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया