गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । आज मङ्गलवार मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री झाँक्रीले भन्नुभयो, ‘अहिले हाम्रा लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्याङ्क हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाण्डाैलगायतका सहरमा बसाइँसराइ गर्ने सम्भावना बढिरहेको छ । तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हो । यसलाई अवसरको रूपमा प्रयोग गर्दै हामी अब लामो समयका लागि काम गर्न तयार हुनुपर्छ । हामीले यति सानो गल्लीहरू बनाएका छौँ, टुँडिखेलबाहेक कतै खाली ठाउँ छैन । टुँडिखेलमा पनि नौ फिटका ठूला रेलिङ लाएका छौँ, सर्वसाधारणलाई अनुमति नै छैन । साना साना पार्कहरूमा सार्वजनिक जमिनको यति ठूलो अतिक्रमण र दोहन छ, सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने ? यो हाम्रा लागि असाध्यै चुनौती छ ।’
कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोवास गर्नेहरूको सङ्ख्या ६६ प्रतिशतको हाराहारीमा भए पनि धेरैजसाे नगरपालिकाहरूमा न्यूनतम आधारभूत पूर्वाधारहरू पुग्न नसकेको बताउनुभयो । उहाँले भर्खरै स्थापना भएका नगरपालिकाहरूको संस्थागत क्षमता अपेक्षित रूपमा विकसित हुन नसकेको पनि बताउनुभयो ।
बहुआयामिक विषयहरू समेटिएको सहरी पूर्वाधार विकासमा संलग्न निकायहरूबीच आपसी समन्वयको अभाव भएको सचिव सिंहकाे भनाइ छ । उहाँले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धतालाई पूरा गर्न नयाँ सहरी नीति, एकीकृत सहरी विकासका लागि सहरी विकास ऐन र मापदण्डहरूको तर्जुमा गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।