ओलीकाे टिप्पणी : ‘माओवादीकाे भाँडाे रित्तिएर बिर्काे मात्रै बाँकी छ, नेकपा 'एस' पनि उही हाे’

 चैत २९, २०७८ मंगलबार १९:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गर्नुभएकाे छ । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अध्यक्ष ओलीले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई कांग्रेसको पुच्छरको संज्ञा दिनुभयो । पुच्छर भए पनि, सिङ भए पनि यिनीहरू खासमा कांग्रेस नै भएको उहाँले आरोप थियो । उहाँले भन्नुभयो, ‘प्रचण्डको माओवादी केन्द्रबारे मैले हिजो बझाङमा बोल्दा भनेको थिएँ– माओवादी अब कुनै पार्टी रहेन । केन्द्र रह्यो केन्द्र । माओवादी पार्टी होइन, माओवादी केन्द्र । माओवादीको भाँडो रित्तिसक्यो, बिर्काे मात्रै छ । नेताहरू दुई/चार जना छन्, अरू हिँडिसके । माओवादी केन्द्र र माधव नेपाल गुट कांग्रेसको पुच्छर मात्रै हो । जिउमा बसेको मछट र झिँगा हम्काउनका लागि काम लाग्छ । अरू केही उपादेयता छैन । यस्ताहरू एमाले सिध्याउने भनेर हिँडेका छन् ।’

अध्यक्ष ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै आपत्ति जनाउनुभयो । ४० करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारबाही चलाएको उहाँकाे आराेप थियाे । 

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिसनमा लिप्त भएको पनि पटक–पटक दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया