रुपन्देहीको तिलोत्तमामा एक युवती मृत फेला

 वैशाख १, २०७९ बिहीबार १२:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - रुपन्देहीको तिलोत्तमामा एक युवती मृत भेटिएकी छिन्  ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी २९ वर्षीया अमृता खत्री गएराति मृत भेटिएकी प्रहरीले जनाएको छ ।

अमृताको तिलोत्तमा नगरपालिका-२ का प्रेम टण्डनसँग ७ वर्ष अघि प्रेम विवाह भएको थियो । अमृताका ५ वर्षीय छोरा छन् ।

अमृताका श्रीमान् प्रेम टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । माइती पक्षले अमृताको हत्या भएको आरोप लगाएका छन् ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया