नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा तल झर्‍याे

 बैशाख १, २०७९ बिहिबार १७:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ४४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता ९० हजार नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या आज पाँच सयभन्दा तल झरेको हो । 

यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छन । यही अवधिमा ६१ हजार दुई सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया