पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग गर्दै आइतबार नेपालगञ्जमा सिठ्ठी फुकेर बिरोध प्रर्दशन गरिएको छ ।
निर्मलाका निम्ति न्याय अभियानको आह्वानमा बाँकेमा प्रदर्शन भएको हो । प्लेकार्डसहित उपस्थित भएका नागरिक समाजका अगुवाहरुले सिठ्ठी फुकेर बिरोध प्रदर्शन गरेका छन् । न्यायको खडेरी परेको भन्दै प्रतिकात्मक रुपमा सिठ्ठी फुकेर बिरोध प्रर्दशन गरिएको आयोजकहरुले जनाएका छन् ।
कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
सोमबार र मंगलबार सामाजिक सञ्जाल मार्फत घटनाको बिरोध गर्ने आयोजकहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।