गृहमन्त्री र सीके राउतकाे पार्टीबीच वार्ता, माग सम्बाेधन गर्न सरकार सकारात्मक

 बैशाख २, २०७९ शुक्रबार १७:३४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले सीके राउत नेतृत्वको जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । 

गृह मन्त्रालयमा सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच आज शुक्रवार भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानुनतः फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्दै चुनावमा भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताउनुभयो । 

भेटमा जनमत पार्टीका नेताले आउँदो पालिका चुनावमा भाग लिन आयोगमा दल दर्ता गराएको भन्दै यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया