मध्यपहाडी क्षेत्रका १७ युवालाई कृषि यन्त्र उपकरण मर्मत सम्बन्धी तालिम

 वैशाख ३, २०७९ शनिबार ८:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मध्यपहाडी क्षेत्रमा कृषि यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ ।

यन्त्र उपकरणको प्रयोग बढ्न थालेसँगै उपकरण बिग्रने र मर्मत सम्भार गर्ने प्राविधिक नहुँदा समस्या पर्न थालेपछि नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतकाे राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्रले युवा किसानलाई तालिम दिएको छ ।

केन्द्रले पछिल्लो पटक मध्यपहाडी क्षेत्रका १७ जना उद्यमी किसान र बेरोजगार युवालाई तालिम दिएको हो । १० दिने आवासीय तालिममा पाँच वटा प्रदेशका गरी १७ जना युवाको सहभागिता रहेको केन्द्रले जनाएको छ ।

तालिममा सहभागिलाई विभिन्न कृषि यन्त्र उपकरण मर्मत तथा व्यावसायिक योजना र खेती प्रविधिबारे जानकारी दिइएको छ । केन्द्रले विभिन्न चरणमा गरी अहिलेसम्म ३४ जिल्लाका  ५८ जना किसानलाई तालिम प्रदान गरेको केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठले जानकारी दिनुभयो ।

व्यावसायिक कृषि गरी उत्पादन एवम् उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने र विदेश जान बाध्य युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउनु तालिमको उद्देश्य रहेको पनि उहाँले बताउनुभयो।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया