चियाको चुस्कीसँगै देशको चिन्ता र नयाँ कामको योजना
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या सात सय ३८ जना पुगेको छ । २१ वटा हिमाल आरोहणका लागि ७० वटा देशका सात सय ३८ जना आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
अनुमति लिनेमा पाँच सय ८३ जना पुरुष र एक सय ५५ जना महिला छन् । सात सय ३८ आरोही मध्ये ५५ जना नेपाली र ६ सय ८३ जना विदेशी नागरिक छन् । यो सङ्ख्या गएको वर्षभन्दा धेरै हो । गएको वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जना विदेशी आरोहीले अनुमति लिएका थिए ।
यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या भने घटेको छ । गएको वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जना आरोहीले अनुमति लिएकोमा यो वर्ष दुई सय ६२ जनाले अनुमति लिएका छन् । सन् २०२० मा आरोहण स्थगित भएकोले त्यसबेला अनुमति लिएकाहरु पनि आराेहणका लागि आउँदा अघिल्लाे वर्ष सगरमाथामा केही बढी आरोही देखिएका थिए । यो वर्ष पनि अनुमति लिनेको सङ्ख्या उत्साहजनक नै रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।
आरोहीबाट सरकारले साढे ३९ करोड भन्दा धेरै रोयल्टी संकलन गरेको छ । अप्रिल महिनाभर पनि अनुमति लिने क्रम चलिरहने भएकोले यस वर्ष आरोहण अनुमति लिनेको संख्या अझै बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । धौलागीरि, आमादब्लम लगायतका हिमालमा आरोहण पनि शुरु भइसकेको छ । सगरमाथामा दोस्रो शिविरसम्मको बाटो खुलाइसकेको छ भने त्यसभन्दा माथि बाटो बनाउने काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।