रसुवागढी जलविद्युत् आयोजनाले आउँदो मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्ने

 वैशाख ३, २०७९ शनिबार १८:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । अहिले आयोजनाले कामलाई तीव्रता दिइरहेको छ ।

आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल तर्फ उपकरण जडानको काम भइरहेको छ । कोभिड–१९ का कारण देखाएर भारत फर्किएको गएको छठपछि निर्माणस्थलमा आएको थियो । त्यसयता टोलीले उपकरण जडानको कामलाई निरन्तरता दिएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले गएको छठदेखि काम सुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताउनुभयो ।

आयोजनामा अहिले उपकरण जडान, सर्च ट्यांकमा कंक्रिट गर्ने तथा डिसेन्डरमा गेट राख्ने कार्य भइरहेको छ । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको सम्पूर्ण सामग्री निर्माण स्थलमा आइसकेको छ । यसको २५ प्रतिशत काम सकिएको छ । सिभिलतर्फ ९० प्रतिशत काम सकिएको छ । आयोजनामा अहिले सिभिल कार्यमा २ सय र इलेक्ट्रोमेकानिकल कार्यमा ६० जना भन्दा बढी खटिएका छन् ।

एक सय११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ९० प्रतिशत काम सकिएको छ । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्‍याउँदै आएको छ । 

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो । भूकम्पपछिको समयमा साइटको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया