आजदेखि वीणा उल्का वर्षा सक्रिय, आउँदो शुक्रवार राति नेपालबाट पनि दृश्य देख्न सकिने

 बैशाख ५, २०७९ सोमबार ७:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि वीणा उल्का वर्षा सक्रिय हुने भएको छ ।

आजदेखि १२ गतेसम्म वीणा उल्का वर्षा सक्रिय हुने र मौसमले साथ दिए आउँदो शुक्रवार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार राति ९ बजेदेखि सूर्योदयसम्मको समयमा उल्का वर्षाको दृश्य हेर्न सकिनेछ ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने उहाँले बताउनुभयो । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा उल्का वर्षा देखिने खगोलविद् भट्टराईले बताउनुभयो ।

थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन्, जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् त्यतिबेला उल्का देखिने भट्टराईले बताउनुभयो । उहाँले  यस्तो दृश्यमा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिने जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया