मन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेट, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

 वैशाख ५, २०७९ सोमबार १७:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । आज सोमवार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो । 

भेटमा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्‍याउनलगायत प्रस्ताव गर्नुभएको थियो । 

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा एडीबीकाे निरन्तर सहयोग रहेको समेत स्मरण गराउनुभएको थियो । आउँदा दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यवसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने उपाध्यक्ष चैनले प्रतिबद्धता जनाउनुभएको थियो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया