चियाको चुस्कीसँगै देशको चिन्ता र नयाँ कामको योजना
माघ १९, २०८१ शनिबार
भक्तपुर – भक्तपुरमा बिस्केट जात्रामा रथको पाङ्ग्राले च्यापिएर एक जना वृद्धकाे ज्यान गएको छ ।
जात्राको अन्तिम दिन आज साेमवार दिउँसो पौने चार बजेतिर गहिटीबाट बंशगोपालतर्फ लैजाँदै गरिएको रथ नासमाना चोकमा पुग्दा रथको पाङ्ग्राले एक वृद्धलाई च्यापेकाे थियाे । पाङ्ग्राले च्यापिएर सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पालको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो ।
रथकाे पाङ्ग्राले च्यापिएपछि घाइते भएका कस्पालको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।