पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

 बैशाख ६, २०७९ मंगलबार ७:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् ।

अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो ।

अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । हिजोको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाण्डौ र ललितपुरबारे सहमति भए पनि पोखराको टुङ्गो लाग्न सकेन ।

कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगरमा प्रमुख दिने, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जको प्रमुख जसपालाई दिने तयारी छ । कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज गठबन्धन दलका बीचमा फेरि छलफल हुने र पोखरासहित सबैको टुङ्गो लाग्ने बताउनुभयो ।

बैठक बिहान ११ बजे बस्ने तयारी छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया