मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने

 वैशाख ६, २०७९ मंगलबार ७:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने भएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि गएको चैत २९ गते सुरुङमा पठाइएको पानी आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन अनुरोध गरेको छ ।

समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भनिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाण्डौ उपत्यकामा वितरण सुरु हुने जानकारी दिनुभएको छ । 
 
 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया