निलम्बित गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

 बैशाख ६, २०७९ मंगलबार १०:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुँदैछ।

सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न/गराउन अन्तरिम आदेशको माग गर्दै आइतवार रिट दायर गर्नुभएको हो ।

आज रिटमाथि अन्तरिम आदेश जारी भएमा उहाँले पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनुहुने छ । तर अन्तरिम आदेश नदिइ र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने निलम्बनमै रहनुहुने छ।

सर्वोच्चले आज अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ । बैंकिङ्ग प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गएकाे चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो ।

गभर्नर अधिकारीले भने सरकारले आफूमाथि पूर्वाग्रह राखेर गैरकानुनी रूपमा निलम्बन गरेको र त्यस निर्णयमा बदनियत रहेको दाबी गर्नुभएको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया