राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

 बैशाख ६, २०७९ मंगलबार २०:२८:५० | अमर सुनार
unn.prixa.net

दैलेख – राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ ।

नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो । २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो ।

शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौटे ऐनअनुसार पुराना राजाहरूको पदवी खारेज हुँदा दुल्लूका पूर्वसांसदका बुबा जंगबहादुर शाह अन्तिम राजा हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया