आज छन्द दिवस मनाइँदै

 बैशाख ८, २०७९ बिहिबार ७:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्र खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी याे दिवस मनाउने गरिन्छ ।

पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो ।

साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल हो ।  
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया