भारतमा कोरोनाको सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल

 वैशाख ८, २०७९ बिहीबार १२:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति निकालेर सङक्रमण भित्रिन र फैलन नदिन थप जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न/गराउन अनुरोध गर्नुभएको छ ।  


 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया