पर्वतकाे कुश्मा बजारमा आगलागी

 बैशाख ८, २०७९ बिहिबार १३:३५:४८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतकाे सदरमुकाम कुश्मा बजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ । 

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रकाे टाेलीकाे पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेकाे छैन । आगाे नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाएर आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीले जानकारी दिनुभयाे ।

विद्युत् सटका कारण आगलागी भएकाे अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथाेकीले जानकारी दिनुभयाे । आगलागीबाट मानवी क्षति भने भएकाे छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया