चिडियाखानाका नयाँ पाहुना चम्पा र चिम्पु

 वैशाख ९, २०७९ शुक्रबार १३:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - सदर चिडियाखाना जावलाखेलमा आजदेखि नयाँ जनावर चिम्पाञ्जी थपिएको छ ।

चिम्पु र चम्पा नाम गरेका चिम्पाञ्जीको जोडीलाई चिडियाखानाले दर्शकले अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राख्न लागेको हो । पाँच वर्षअघि चिडियाखाना ल्याइएको चिम्पाञ्जीलाई अहिलेसम्म आन्तरिक रेखदेख र हेरचाहमा राखिएको थियो ।

आवश्यक रेखदेख र खोरको व्यवस्थापनपछि चिम्पाञ्जीको जोडीलाई दर्शकले अवलोकन गर्न पाउने गरी आजैदेखि प्रदर्शनीमा राखिने सदर चिडियाखानाले जनाएको छ । मानिससँग हिमचिम गर्ने स्वभाव भएकाले चिम्पाञ्जीको जोडीले दर्शकलाई आकर्षण थप्ने चिडियाखानाकी प्रमुख रचना शाहले बताउनुभयो ।

चिडियाखानामा १ सय १३ प्रजातिका ९ सयभन्दा धेरै जीवजन्तु राखिएका छन्।

तस्बिर : चिडियाखाना

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया