अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै

 वैशाख ९, २०७९ शुक्रबार १८:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।  

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण  विशेष गरी अहिले काठमाण्डौ, चितवन, पोखरा, पाल्पा, तनहुँ, नवलपरासी, गोरखा, रुपन्देही लगायतका ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक/दुई घन्टापछि  यी ठाउँको बिस्तारै मौसम सफा हुँदै जानेछ भने पूर्वी क्षेत्रतिर पानी पर्ने क्रम सुरु हुनेछ ।

पूर्वी क्षेत्रमा पनि एक वा दुई घन्टा पानी परेर रोकिने छ । बाँकी ठाउँको मौसम भने सामान्य बद्ली मात्रै हुने उहाँले बताउनुभयो । प्रि-मनसुनका बेला बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने  गर्छ । तर प्रि-मनसुनमा लगातार पानी पर्ने सम्भावना भने हुँदैन ।

तराईका धेरैजसो ठाउँमा भने पानी पर्ने बादल बन्न नसकेकाले पानी परेको छैन । तराईका क्षेत्रमा भने गर्मी बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ। 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया