अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

 वैशाख १०, २०७९ शनिबार १३:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो ।

अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटमा नेपाल–अमेरिका मित्रता, सरकार, संसद् र आम नारिकलाई समावेश गरेर बहुआयामिक साझेदारी बढाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको छ । 

नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो । टाेलीले अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । टोली भोलि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया