निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

 वैशाख १०, २०७९ शनिबार १६:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिको प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना भएको छ । पालिका चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका अधिकृतको प्रतिनिधित्व रहेको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रको उदघाटन गर्दै चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । उहाँले चुनाव केन्द्रीत दलका भेला, सभासम्मेलन हुनु स्वभाविक भए पनि आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नरहेको बताउनुभयो ।

केन्द्रको मुख्य काम आचारसंहिताको कार्यान्वयन भए/नभएको हेर्ने, सुरक्षा व्यवस्था र चुनावी अन्य गतविधिबारेमा जानकारी लिएर कार्यान्वयनका लागि पहल गर्ने रहेको पनि उहाँले जानकारी दिनुभयो । वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारको मनोनयन भोलि र पर्सि हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया