उम्मेदवारको टुङ्गाे लगाउन कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन बैठक बस्दै : सत्ता गठबन्धनको बैठक पनि आज

 बैशाख ११, २०७९ आइतबार ९:२७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । त्यसअघि सानेपामै कांग्रेस शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ ।

उम्मेदवार टुङ्गो लगाउन कांग्रेसका शीर्ष नेताबीच हिजो र अस्ति पनि निरन्तर छलफल भएको थियो । तर सहमति जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । कांग्रेसले काठमाण्डौको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटाएको भए पनि ललितपुर र विराटनगरको मेयरमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

यसैबीच सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक पनि आज बस्दैछ । पालिका चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सहमति नजुटेका ठाउँमा तालमेलको अन्तिम पहल गर्ने प्रयासमा शीर्ष नेता रहेका छन् । गठबन्धनका शीर्ष नेताहरुले यसअघि महानगर र उपमहानगरपालिकाको भागबन्डा टुङ्ग्याएका थिए । तर नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई दिइएको छ। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया