विवेकशील साझाका उम्मेदवारद्वारा काठमाण्डाैकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

 वैशाख ११, २०७९ आइतबार १५:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो । 

काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माणको कामले उचाइ लिने पनि बताउनुभयो ।

पार्टीले प्रतिज्ञापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, बिजुली गाडीकाे व्यवस्था, नदी, कुवा, खोलानालाहरूको सफाइ गर्ने उल्लेख गरेकाे छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया