वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

 बैशाख १२, २०७९ सोमबार ८:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ ।

यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो। बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया