भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं – सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । सडक साँघुरो भएको ठहरसहित त्यस राजमार्गमा ठूला गाडी चलाउन इजाजत नदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।
अधिवक्ता कैलाशराज दाहालले विपी राजमार्गमा ठूला गाडी गुडाउन अनुमति नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
त्यसैगरी न्याय परिषदले १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई सिफारिस पनि गरेको छ । रिक्त जिल्ला न्यायाधीश पदको परीक्षामा उतीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गर्न परिषदले कायममुकायम प्रधानन्यायाधीश जोशीलाई सिफारिस गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Basudev Sharma
June 4, 2018, 7:24 p.m.हाे याे राजमार्गमा मात्र हलुका गाडीलाई परमिट दिनुपर्छ । कति फीटसम्मलाई दिने हाे त्यही अनुसार दुवै साइडमा फलामकाे बार लगाउनुपर्छ ।