नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

 बैशाख १२, २०७९ सोमबार ११:४०:२३ | किरण लोहनी
unn.prixa.net

गोरखा - नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेकाे जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाइदिएका छन् । पालिका चुनावको टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनीहरुले कार्यालयको मूल गेटमा ताला लगाइदिएका हुन् । 

गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरुको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् । कांग्रेसको प्रदेश कार्यसमितिले पार्टीका तर्फबाट नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया