माओवादी कार्यकर्ताबीचको झडपले चौतारा साँगाचोक तनावग्रस्त, सेना परिचालन

 बैशाख १२, २०७९ सोमबार २०:९:५३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – नेकपा माओवादी केन्द्रका दुई पक्षबीच चौतारामा आज साेमवार मनोनयको क्रममा झडप भएको छ । झडप उग्र हुँदै गएपछि चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय परिसरमा सेना परिचालन गरिएको छ ।

जिल्लाका शीर्षस्थ नेताहरूमाथि नै आक्रमणको खबरसँगै सुरक्षा स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएकाे हाे । निर्वाचन कार्यालय सुरक्षाका लागि नियमित कामअनुसार परिचालित भएको सेनाले जानकारी दीएको छ ।

नेकपा माओवादीको आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा अमानसिंह तामाङ (पूर्वमेयर) लाई टिकट नदिइ कृष्णप्रसाद सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए । मेयर तामाङले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ । 

गाउँपालिकाकाे वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट सुरु भएको हो ।

नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरूलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । माओवादीका दुई पक्षको झडपका कारण स्थिति नियन्त्रणबाहिर जान लागेपछि सेना परिचालन गरिएकाे हो । अहिले मनोनयन दर्ताको क्रम चलिरहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया