सिन्धुपाल्चोकमा २ हजार २५ जनाकाे मनाेनयन दर्ता

 बैशाख १३, २०७९ मंगलबार १४:२१:२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – वैशाख ३० गते शुक्रवार हुने पालिका चुनावका लागि सिन्धुपाल्चोकमा दुई हजार २५ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।

हिजो साेमवार र अस्ति आइतवार दुई दिन भएको मनोनयन दर्ताको आधारमा उम्मेदवारकाे नाम सार्वजनिक भएका हुन । आज मङ्गलवार दिउँसाे साढे १२ बजेसम्म अनलाइन प्रणालीमा समावेश भएको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको तीन वटा नगरपालिकामा २५ जनाले प्रमुख पदका लागि र १८ जनाले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।

नाै वटा गाउँपालिकामा ७१ जनाले अध्यक्ष र ५१ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । 

सिन्धुपाल्चाेकका एक सय तीन वटै वडामा गरी चार सय ८४ जनाले वडाध्यक्ष पदमा, तीन सय ४३ जनाले महिला सदस्य पदमा, तीन सय पाँच जनाले दलित महिला सदस्य पदमा र सात सय २८ जनाले खुला सदस्य पदमा मनाेनयन दर्ता गराएका आयोगले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया