काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर सुरु गरेको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ट्रफी टुरको शुभारम्भ गरेका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणकै चरणमा रहेकाबेला एन्फाले पहिलो पटक औपचारिक कार्यक्रम रंगशालामा गरेको हो । उपत्यकाका विभिन्न सात स्कूलहरुमा गरिने ट्रफी टुर अन्र्तगत आज विश्व निकेतनका विद्यार्थीहरु सहभागी भएका थिए ।
‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिति थियो ।
यो टुर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा गरी सात स्थानमा गरिने छ ।
ट्रफी टुरको शुभारम्भ गर्दै एन्फा अध्यक्ष शेर्पाले ग्रास रुटसम्म फुटबल पुर्याउन यो कार्यक्रम गरिएको जानकारी दिए । विद्यालय तहबाटै खेलाडीहरु उत्पादन हुने भएकाले उनीहरुमा फुटबलप्रति खेलभावना जगाउन ट्रफी टुरको परिकल्पना गरिएको पनि बताए । उनले बालबालिकाहरुलाई फुटबलमा लाग्दा भविष्यमा राम्रो खेलाडी बन्न सक्ने बताएका थिए ।
नेपाली टिमका कप्तान विराज महर्जनले पहिला नेपालीहरुले फिफाले विश्वकप ट्रपी टुर गरेको सम्झँदै एन्फाले गरेको यो कामको प्रशंसा गरेका थिए ।
पूर्व कप्तान उपेन्द्रमान सिंहले सानै उमेरदेखि फुटबलमा लाग्न प्रेरणा दिने उद्देश्यले एन्फाले ग्रासरुट कार्यक्रम सुरु गरेको जानकारी दिँदै यसले भविष्यमा राम्रो गर्ने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।