कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

 बैशाख १३, २०७९ मंगलबार १७:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । 

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दलहरूले पालिका चुनावमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘नेकपा एमालेसँग सत्तारुढ दलहरूले एक्लै चुनाव लड्ने आँट गरेनन् । नेपालको सबैभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । उसले चुनाव लड्नका लागि पनि अरूको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अब नेपालमा सबैभन्दा ठूलो पार्टीको रूपमा, राष्ट्रिय शक्तिको रूपमा एमाले आएको छ भन्ने कुरा यो चुनावले स्थापित गरेको छ ।’

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लङ्घन गर्ने नेताका रूपमा माधवकुमार नेपाल रहेको टिप्पणीसमेत गर्नुभयो । उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया