लमजुङ : ४ वटा नगरपालिकाको मेयरमा २२ जनाको उम्मेदवारी

 बैशाख १३, २०७९ मंगलबार २०:१४:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको चार वटा नगरपालिकाको मेयरमा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी दर्ता भएको छ । चार वटै गाउँपालिका रहेको यस जिल्लामा गाउँपालिका अध्यक्षका लागि पनि विभिन्न दल र स्वतन्त्र गरी २२ जनाकै उम्मेदवारी दर्ता भएको छ । 

सुन्दरबजार नगरपालिकाकाे मेयरमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद कोइराला, एमालेबाट भीमबहादुर गुरुङ, राप्रपाबाट सन्तबहादुर बस्नेत, मंगोल नेशनल अर्गानाइजेशनबाट भीमराज गुरुङ र सुदीप अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

बेसीसहर नगरपालिकाकाे मेयरमा गठबन्धनबाट कांग्रेसका श्रीकान्त घिमिरे, एमालेबाट गुमानसिंह गुरुङ, राप्रपाबाट अजितबहादुर अधिकारी, जसपाबाट बलबहादुर राना र मंगोल नेशनल अर्गानाइजेसनबाट कुलुकुमारी गुरुङकाे उम्मेदवारी दर्ता भएको छ ।

राइनास नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका खड्गबहादुर गुरुङ, एमालेबाट सिंहबहादुर थापा, राप्रपाबाट नबहादुर पाण्डे, मंगोल नेशनल अर्गानाइजेसनबाट रामबहादुर गुरुङ, कृष्णराज ओलिया र भरत पराजुलीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएकाे छ ।

मध्यनेपाल नगरपालिकाकाे मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे, एमालेका राजकुमार श्रेष्ठ, राप्रपाका प्रतापशाली घिमिरे, नेकपा एसका सूर्यबहादुर कुवँर, मंगोल नेशनल अर्गानाइजेशनका महेन्द्र गुरुङ र प्रतापशाली घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएकाे जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिवाखर शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया