युवालाई विदेशमा बेचेर हाेइन, भारतमा बिजुली बेचेर देशलाई धनी बनाउँछाैँ : कांग्रेस महामन्त्री शर्मा

 वैशाख १५, २०७९ बिहीबार १३:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिजुली बेचेर देशलाई दश वर्षमा धनी बनाउने कांग्रेसको सपना रहेको बताउनुभयो । बिहीबार काठमाण्डौमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गर्नुभयो ।

काठमाण्डौको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उहाँको भनाई छ । यस्तै उहाँले युवालाई विदेशमा बेचेर नभइ बिजुलीलाई भारतमा बेचेर समृद्धि आउने पनि बताउनुभयाे ।

'युवालाई विदेशमा बेचेर होइन । देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी यो देशलाई धनी बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लाँदैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्यासको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न', महामन्त्री शर्माले  भन्नुभयो 'तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडि बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । काठमाण्डौको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ ।’

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिनुभयो । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उहाँले सही रुपमा मतदान गर्न मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया