जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाक...
पुस २, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो ।
गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ ।
अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताउनुभयो । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ । केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाण्डौमा वितरण हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ravi parajuli
May 1, 2022, 8:20 a.m.पानीको तालिका पनि सार्वजनिक गर्नु पर्यो हजुर।