एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

 बैशाख १८, २०७९ आइतबार ९:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

गएको फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै यो सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

नेपालमा आर्थिक विकास गरेर गरिबी घटाउने यो सम्झौताको लक्ष्य छ । विद्युत् व्यापारमा सुविधा अभिवृद्धि गरेर खपत बढाउने र नेपालको विद्युत् ग्रिडमा बिजुलीको आपूर्तिको उपलब्धता र विश्वसनीयताको प्रवर्द्धन गरी विद्युत् व्यापारमा सहजीकरण गरिने भनिएको छ । साथै रणनीतिक सडक सञ्जालको गुणस्तर अभिवृद्धि गर्ने उल्लेख छ ।

सम्झौता अनुसार अमेरिकाको झन्डै ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर यस परियोजनामा लगानी हुनेछ । यसबाट ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर लामो रणनीतिक सडक निर्माण गर्ने लक्ष्य छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया