केशव स्थापितलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेध्याे

 वैशाख १९, २०७९ सोमबार १४:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । 

काठमाण्डाैकाे एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयाे । 

आयाेगले स्थापितसँगै महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ वटा संस्था र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोधेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उहाँले बताउनुभयो ।

नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको 'मीटू' आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि खनिनुभएको थियो । त्यसपछि पनि उहाँले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएकोबारे पनि निकै आलोचना भएको थियो । ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रसय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया