४६ लाख ७४ हजारले लिए प्यान, भ्याटमा दर्ता हुनेको सङ्ख्या दुई लाख ९० हजार

 वैशाख २०, २०७९ मंगलबार १६:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झन्डै ४७ लाख जना पुगेको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् ।

यसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् ।

यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्त:शुल्कमा दर्ता भएका मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया