उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले एक सय ३७ रनकाे लक्ष्य पाएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे 'ए' का तीन जना खेलाडी रन आउट भए ।
टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।