बर्दियामा ट्रकले ई–रिक्सालाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो

 बैशाख २१, २०७९ बुधबार १६:१९:४३ | भावुक योगी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बर्दिया – पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिक सिंहबाहिनी चोकमा ट्रकले ठक्कर दिँदा ई–रिक्सामा सवार एक महिलाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ क १८३ नम्बरको ट्रकले भे १ स ९५६२ नम्बरको ई–रिक्सालाई ठक्कर दिँदा एक महिलाकाे ज्यान गएकाे हाे । ट्रककाे ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका २ रानीपुरकी ४९ वर्षीया पिउली धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

ट्रकले ई–रिक्सालाई ठक्कर दिएपछि घाइते भएकी महिलालाई तत्काल उद्धार गरि स्थानीय क्लिनिकमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमाका लागि सदरमुकाम गुलरियाको जिल्ला अस्पताल लगिएको छ ।

ट्रक चालक दाङकाे तुलसीपुर उप–महानगरपालिका ४ का वसन्त नेपाली र ई–रिक्सा चालक ठाकुरबाबा नगरपालिका ८ का दीपेन्द्र विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया