रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् ।
बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।
थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको दायित्व भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि सरकारी तहबाटै भण्डारण गर्नुपर्नेमा अहिलेसम्म नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।
नेपालमा एलपीजी ग्यास निजी क्षेत्रले भण्डारण गर्दै आएको तर सरकारले भण्डारणको व्यवस्था गर्न नसकेकाले पटक-पटक समस्या हुने गरेको उहाँको भनाइ छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए ।
जसका कारण चैत ६ देखि दुई हप्तासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको निगमको दाबी छ । अलिकति असहज हुने बित्तिक्कै ग्यास पाइँदैन की भन्ने आशङ्काले उपभोक्ताले अनावश्यक सञ्चिति गर्ने भएकाले पनि एउटा मात्रै ग्यास सिलिन्डर हुनेहरु मारमा पर्ने गरेको उहाँको भनाइ छ । केही उपभोक्ताले एकै पटक चार/पाँच वटासम्म सिलिन्डर भरेर राख्ने गरेका छन् ।
अहिले मुख्य समस्या काठमाण्डौ उपत्यकाभित्र देखिएको निगमको भनाइ छ । अबका केही दिनमा सहज हुँदै जाने पनि प्रवक्ता उपाध्यायले बताउनुभयो । ग्यास भएर पनि उपभोक्तालाई ग्यास नदिने व्यवसायीको अनुगमन गरेर कारबाही भइरहेको र अनुगमनकर्ता निकायसँग समन्वय गरी थप अनुगमन गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।