सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

 बैशाख २४, २०७९ शनिबार १०:५८:५६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

हिजो चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका नेकपा (माओवादी केन्द्र) को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया