पालिका चुनावमा नेपाल टेलिकमका विभिन्न अफर

 बैशाख २४, २०७९ शनिबार १४:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ । भोलि २५ गतेदेखि जेठको चार गनेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।

अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 


 

अन्तिम अपडेट: भदौ ४, २०७९

तपाईको प्रतिक्रिया