मतदानकाे दिन आउँदो शुक्रवार पनि पानी पर्ने सम्भावना

 बैशाख २५, २०७९ आइतबार ७:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घिमिरेले बताउनुभयो।

यस्तै अन्य प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव परेको छ । यसका कारण दिनहुँजसो पानी परिरहेको छ ।

यस्तै, यसपालि मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार आउँदो जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया