चुनावको दिन पानी पर्न सक्छ, मतपत्र भिज्न नदिन तयारी अवस्थामा बसाैँ : माैसमविद्

 वैशाख २५, २०७९ आइतबार १६:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् । 

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले 'आसानी' नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउनुभयो । यस आँधीकाे असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उहाँले बताउनुभयो ।  

वैशाख ३० गते पालिका चुनावकाे दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बङ्गालको खाँडीमा न्यून चापीय अवस्था आसानी समुद्री आँधीकाे रूपमा विकसित भएको छ । यसकाे प्रभावले वैशाख २७ गते रातिदेखि २८, २९ र ३० गते पानी पर्ने सम्भावना देखिएकाे छ । उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो हप्तासम्म बढी पानी पर्ने अवस्था थियो ।‘

जलवायुविद् डा. उप्रेतीले चुनवाकाे दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतकाे सुरक्षामा ध्यान दिन सुझाव दिनुभएकाे छ । उहाँले सुझाव दिँदै भन्नुभयाे, ‘चुनावको मुखमा पानी पर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले तयारीमा ध्यान दिनुपर्छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुन सक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुन सक्छ ।‘ 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया