दैलेखमा चुनाव प्रचारप्रसारमा प्रयाेग भएकाे गाडीमा आगजनी

 बैशाख २६, २०७९ सोमबार ११:५६:३७ | अमर सुनार
unn.prixa.net

दैलेख – नेकपा एमालेबाट आठबीस नगरपालिकाका मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएकाे छ। 

आठबीस नगरपालिका–४ राकमकर्णालीको खोली बजारमा रहेकाे सृष्टि होटेल अगाडि राेकी राखेको बा १९ च ५५७९ नम्बरको गाडीमा नचिनेकाे मानिसकाे समूहले आगजनी गरेको हो।

कसले आगजनी गरेको भन्ने नखुलेको तर प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नरेश विकले जानकारी दिनुभयो ।

पार्किङ गरी राखेको गाडीमा गएराति दायाँपट्टिको पछिल्लो टायरमा आगजनी गर्न लागेको थाहा पाएर गाडीमै सुतेका गाडी चालक दण्डबहादुर शाहीले ढोका खोलेपछि आगजनी गर्ने समूह भागेको बताइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: फागुन २९, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया