मतदान केन्द्रमा बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार

 बैशाख २६, २०७९ सोमबार १५:५९:३१ | किरण लोहनी
unn.prixa.net

गोरखा – खटिएको मतदान केन्द्रमै बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गाेरखाकाे विकट चुमनुब्री गाउँपालिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । 

धार्चे गाउँपालिका ३ खोर्लाबेसी घर भएका घले आज साेमवार बिहानदेखि अस्वस्थ हुनुभएको थियो । नजिकैकाै सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि पुग्नुभएका उहाँको भिडियो कन्फ्रेन्समार्फत काठमाण्डौमा रहेका चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए । त्यस क्रममा आन्द्रामा समस्या देखिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट घलेलाई काठमाण्डौ लगिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया