एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा शुरु
मंसिर १४, २०८० बिहिबार
गाेरखा - गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे ।
झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लागेको छ ।
झडपमा संलग्नहरु फरार रहेको र उनीहरुकाे खाेजी भइरहेको प्रहरी चौकी मान्बुले जानकारी दिएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।