चुनावमा भाेट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए मतदाता

 वैशाख २८, २०७९ बुधबार ८:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – शुक्रबार हुन गइरहेकाे पालिका तह चुनावमा भाेट हाल्नका लागि मतदाता गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ तथा सहर पुग्नेको लर्को छ । तर जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ तथा क्यान्जिनमा भने हेलिकप्टर चढेर मतदाता गाउँ पुगेका छन् ।

स्थानीय ग्याल्बु तामाङका अनुसार चुनावको समयमा त्यस क्षेत्रमा मतदाताहरू हेलिकप्टर चढेर नै मतदान गर्न आउने गरेका छन् । ‘काठमाण्डौ बस्ने तथा विभिन्न देशमा पुगेका मतदाता पनि चुनावको समयमा गाउँ आउँछन्’, उहाँले भन्नुभयो’, 'यस क्षेत्रमा सडक विस्तार नभएका कारण हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ ।’

काठमाण्डौबाट स्याफ्रुसम्म गाडीमा जाने र त्यसपश्चात २ दिनको पैदलयात्रा गर्न पर्छ । पर्यटकीय क्षेत्रको सौन्दर्य जोगाउन र यस क्षेत्रमा आउने पर्यटक हिँड्न मन पराउने भएका कारण सडक विस्तार नगरिएको हो । मतदान गर्नका लागि २० जना मतदाता हेलिकप्टर मार्फत आएका उहाँले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सासामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।५ सय भन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया